logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • एमालेको जागरण सभाको र्‍याली सुरु

    916Shares
    एमालेको जागरण सभाको र्‍याली सुरु

    काठमाडौं । नेकपा एमालेको आज काठमाडौंमा हुन लागेको जागरण सभाको लागि र्‍यालीको तयारी सुरु भएको छ ।

    भद्रकालीबाट सुरु हुने र्‍यालीको कमाण्ड गर्न जागरण सभाका कमाण्डर नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल भद्रकाली पुग्नु भएको छ ।

    जागरण सभाको कामण्डरको जिम्मेवारी पाउनु भएका नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकोले सो जिम्मेवारी ढुङ्गेलले सम्हाल्नु भएको छ ।

    जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको उनले बताए । ‘त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसंठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ, शुक्रबारचाहिँ लक्षित ५०औं हजार मानिसलाई सडकमा उतार्नेगरी कार्ययोजना अगाडि बढाएका छौं,’ उनले भने ।

    राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    जागरण सभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरण सभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट