बाँके । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी कांग्रेस नेता समेत रहनु भएका अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको परिवारले जनाएको छ ।
अब्दुल हमिद सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् रहनु भएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया