logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • आज विश्व शौचालय दिवस

    874Shares
    आज विश्व शौचालय दिवस

    काठमाडौं । आज  विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।

    यस वर्ष पनि नेपाल सहित विश्वभर ‘शौचालय, शान्तिको लागि ठाउँ’ “ त्यष्भित, ब् एबिअभ ायच एभबअभ“ भन्ने मूल नारा सहित विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

    विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।

    संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ ।

    त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था (वर्ल्ड ट्वाई्लेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।

    अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिब १०जना मध्य एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।

    नेपालमा बिस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो सहरीकरणको नमुना जिल्लाहरूमा नगर विस्तारका सोचहरूमा सार्वजनिक शौचालय किन प्राथमिकतामा पर्दैन, उचित सरसफाइ तथा व्यवस्थापन छैन ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट