logo

२०८२ फाल्गुन ३ आईतवार

logo
  • २०८२ फाल्गुन ३ आईतवार
  • टर्कीको संसद्‌मा सांसदहरुबीच कुटाकुट

    871Shares
    टर्कीको संसद्‌मा सांसदहरुबीच कुटाकुट

    काठमाडौं । टर्कीको संसद्‌मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ ।विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो । विपक्षी सांसदले राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्याय मन्त्रालयको जिम्मेवारी दिएका विवादास्पद इस्तानबुलका मुख्य अभियोजक अकिन गुरलेकलाई संसद्‌मा शपथग्रहण गर्नबाट रोक्ने प्रयास गरेका थिए ।

    तनाव बढ्दै जाँदा सांसदहरूले एकार्कालाई धकेलिरहेको देखिएको थियो । केहीले मुक्का पनि हानेका थिए ।इस्तानबुलका मुख्य अभियोजकका रूपमा गुरलेकले मुख्य विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै सदस्यमाथि मुद्दाको नेतृत्व गरेका थिए । ती मुद्दालाई विपक्षीले राजनीतिक प्रेरित भन्दै लामो समयदेखि निन्दा गर्दै आएका छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट