इलाम ।मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ ।
माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो ।बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पाॅचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।
>वर्षौदेखि जमिन बगिरहेको यो सडक खण्डमा यस पटकको वर्षाका कारण थप समस्या आएको थियो । पछिल्लो समय साना सवारीलाई मात्र सञ्चालन गर्न दिइएको थियो । मर्मतका लागि काम थालेपछि यातायातका साधन ठप्प भएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया