logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु

    721Shares
    खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु

    खोटाङ,  खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको मृत्यु भएको हो । बैसाख १९ गते दिउँसो स्थानीय ढकालेखोला भीरबाट खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए ।

    बमबहादुरले गोठालो जाँदा हराएको खुकुरी खोज्नेक्रममा उनीहरुको भीरबाट खसेर मृत्यु भएको हो । बैसाख १८ गते बमबहादुर गोठालो गएकाबेला उनले खुकुरी हराएका थिए । हराएको खुकुरी खोज्नका लागि बमबहादुरले छिमेकी मनीकुमारलाई साथी लिएर ढकालेखोला भीर पुगेका थिए । खुकुरी खोज्दै जाँदा भीरमा एक जना चिप्लिएपछि एकलेअर्कालाई समाउँदा दुबै जना भीरबाट खसेको अनुमान गरिएको छ।

    दुबै जनाको शवलाई उदयपुरको बेलटार लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार