logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • गाउँ गाउँमै दशैं लक्षित सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    1.4KShares
    गाउँ गाउँमै दशैं लक्षित सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    खोटाङ । जेष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरि खोटाङको साकेला गाउँपालिकाले वडा वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको प्रथम त्रैमासिक रकम वितरण सुरु गरेको छ। गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंक सम्म आएर भत्ता लिन नागरिकलाई असहज परिस्थिती हुने भएपछि लाभग्राहीलाई झण्झट र दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गरिएको बताए । वडामा सञ्चालित शिविरमा गाउँपालिका स्थित सामाजिक सुरक्षा शाखा, नेपाल एसबिआई बैंक र नेपाल प्रहरीको संयुक्त टोली खटाएर भत्ता वितरण गर्न सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए ।


    गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता चाडबाडलाई लक्षित गरि आईतबारदेखि वितरण सुरु गरेको हो । बैङ्किङ प्रणाली मार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने भत्ता पहिलादेखि नै वडा वडा पुगेर वितरण गर्दै आएको गाउँपालिकाले यो प्रथम त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँड्न सुरु गरेको हो । शिविरको पहिलो दिन वडा नम्बर ५ मात्तिमबिर्ता र वडा नम्बर ४ को मात्तिम पाउँदुरे पुगेर लाभग्राहीलाई भत्ता रकम वितरण गरिएको गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए ।


    राईका अनुसार शिविरको पहिलो दिन वडा नम्बर ५ मात्तिमबिर्ताका ११४ जना लाभग्राहीको लागि १८ लाख ८८ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ४ का ७९ जना लाभग्राहीको लागि १२ लाख ५९ हजार रुपैंया भत्ता रकम वितरण गरिएको छ । पालिकामा रहेको नेपाल एसबिआई बैंकको मानेभन्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएसँगै बैंकमा लाभग्राहीको भिड लागेको छ ।
    वृद्ध वृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैंक आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर भत्ता बाँडेको अध्यक्ष राईले फास्ट न्युज सेभेनलाई बताए । जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरूलाई सहज सेवा दिन शिविर सञ्चालन गर्ने गरिएको उनको भनाई छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार