खोटाङ । ब्रिटिश गोर्खा वेलफेयरको समन्वयमा सरस्वती माविमा पुस्तकालय स्थापना हुने भएको छ।
खोटाङको साकेला गाउँपालिका स्थित वडा नम्बर(५ को सरस्वती माध्यमिक विद्यालयमा उक्त पुस्तकालय स्थापना गरिनेछ ।
ब्रिटिश गोर्खा वेलफेयर ट्रष्ट सँगको समन्वयमा विद्यालयमा पाहार ट्रष्ट नेपालले व्यवस्थित पुस्तकालय स्थापना गरिदिने भएको हो । विद्यालयमा पुस्तकालय स्थापनाका लागि गत मंगलबार पाहार
ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुली बहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ ।
पुस्तकालय सञ्चालनका लागि पाहार ट्रष्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो । गत २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम आगामी २०८३ साल पौष मसान्त सम्ममा सम्पन्न
गर्नेगरी सम्झौता भएको विद्यालयकी प्रधानाध्यापक सितल राईले जानकारी दिए । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पहार ट्रष्ट नेपालको तर्फबाट हुनेछ । पुस्तकालय स्थापना गर्नका लागि पाहार ट्रष्ट नेपालले २४ लाख ७ हजार ९ सय रुपैंया सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

अनुशिक्षण कार्यक्रम साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो
। सो अवसरमा अध्यक्ष राईले सरस्वती माध्यमिक विद्यालयमा भईरहेको दातृ निकायको सहयोग सह्रानीय भएको प्रशंसा गर्नुभयो । हालै मात्र गोर्खा वेलफेयर ट्रष्टद्वारा व्यवस्थित र आकर्षक १२ कोठे सुन्दर भवनहरु निर्माण भएको अवस्थामा पुन पुस्तकालय सहयोग पाउनु गौरवको विषय भएको उल्लेख गर्दै यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो ।
विद्यालयमा स्थापना गरिएको व्यवस्थित पुस्तकालयले इसिडिदेखि कक्षा ३ सम्मका नानीबावुलाई कक्षागत
पठनकलाको विकास गरि माथिल्लो १२ कक्षा सम्मका विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्दै वाह्य अतिरिक्त
ज्ञान बढाउन, विद्यार्थी, शिक्षक र समुदायका नागरिकहरुको फुर्सदको समयलाई सदुपयोग गर्न, सूचनाको सेवा
प्रवाह गरि विद्यालयको शैक्षिक सुधार गर्न पुस्तकालयले ठूलो सहयोग पुर्याउने अपेक्षा राखिएको अध्यक्ष राईलेबताए ।
कार्यक्रममा पाहार ट्रष्ट नेपालका अध्यक्ष गुरुङ सहित पुस्तकालय कार्यक्रमका म्यानेजर बलकाँशी गुरुङ,
सुपरभाईजर बिमल नेपाली, मोभिलाईजर लक्ष्मी गुरुङ लगायतको उपस्थिती रहेको थियो । यसरी स्थापना गरिएको
पुस्तकालयमा हाल वालवालिका र विद्यार्थीका लागि विषयवस्तुसँग सम्बन्धी पुस्तकहरु उपलब्ध रहेको छ भने सम्झौता अवधिभर वाह्य ज्ञानका पुस्तकहरु समेत समावेश गरिने जनाईएको छ । उक्त पुस्तकालयलाई समयसापेक्ष स्तरवृद्धि गर्दै लगिने प्रअ राईको भनाई छ । यसैबीच, सोही कार्यक्रमको अवसरमा पुस्तकालय सञ्चालन र व्यवस्थापनका लागि समिति गठन गरिएको छ ।
विद्यालयकी प्रधानाध्यापक सितल राईको अध्यक्षतामा सरीता राई, रमेश कुमार ढकाल, विपिन दाहाल, निश्चल
ढकाल, रोमिया राई सदस्य रहेको समिति गठन गरिएको छ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया