logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • अछाममा सुत्केरी महिलाको मृत्यु

    949Shares
    अछाममा सुत्केरी महिलाको मृत्यु

    अछाम । अछाममा एक सुत्केरीको मृत्यु भएको छ।ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति करिब १२ बजे उनलाई सुत्केरी ब्यथा लागेको थियो।परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन्।बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रापको समस्या देखिएको थियो।

    त्यस लगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो।सुत्केरी भएको करिब ७ घण्टासम्म पनि आवश्यक उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।ढिलो गरी अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिराज आचार्य बताए।दुई दिन पहिले पनि बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनीषा घटालको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो।



    फास्ट न्युज    
  • २०८१ आश्विन १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट