logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • हुम्लाको एयरलाइन्स कार्यालयमा यात्रुहरुले लगाए ताला

    940Shares
    हुम्लाको एयरलाइन्स कार्यालयमा यात्रुहरुले लगाए ताला

    हुम्ला । हुम्लामा रहेको एयरलाइन्स कार्यालयमा ताला लगाइएको छ । दशैंको बेला आफू खुसी हवाई टिकट वितरण गरेको भन्दै जिल्ला बाहिर जाने यात्रुहरुले सिमकोट विमानस्थलस्थित सम्पूर्ण एयरलाइन्स कार्यालयमा ताला लगाएका छन् ।

    मौसम सफा भएपनि हवाई टिकट सेड्युल तथा नाम तालिकाअनुसार नदिएको र आफ्नो मान्छेलाई मात्र दिएको भन्दै स्थानीय ज्ञान सिंह सुनारको नेतृत्वमा सिमकोट विमानस्थलस्थित सबै एयरलाइन्सको कार्यालयमा ताला लगाइएको हो ।एयरलाइन्स कम्पनीमा काम गर्ने कर्मचारीले भित्रभित्रै सेटिङ गरेका कारण ताला लगाइएको स्थानीय धनलाल शाहीले बताए । सदरमुकाम सिमकोटमा सीता, समिट, तारा र नेपाल एयरलाइन्सको कार्यालयमा ताला लगइएको हो । सबैले सम्मान तरिकाले जिल्ला बाहिर जाने हवाई टिकट पाउनुपर्ने स्थानीयको माग छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट