logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • सहकारी पीडितहरू सडक आन्दोलनमा

    862Shares
    सहकारी पीडितहरू सडक आन्दोलनमा

    काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौताकार्यान्वयननगरेको भन्दै सहकारी पीडितहरू सडकआन्दोलनमा उत्रिएका छन् ।
    आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्मसहकारी पीडितहरूले यसअघिभएको सम्झौताकार्यान्वयनगरी सहकारीमा बचत गरिएको रकमफिर्ताको मागगर्दै प्रदर्शन गरेका हुन् ।

    सहकारीमा बचत गरिएको रकम फिर्ता गर्ने वातावरण बनाउदै यसअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडित महासंघको अगुवाइमा आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन भएको हो ।

    उनीहरुले निक्षेपको साँवा व्याज अबिलम्व फिर्ता गर्नुपर्ने माग राखेका छन् । काठमाडौंको रत्नपार्कबाट जुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खोज्दा भद्रकाली नजिक प्रहरीले प्रदर्शनकारीलाइ रोकेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट