काठमाडौं । राजावादीहरुको आन्दोलनले उग्र रुप लिएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । राजावादीहरुको आन्दोलन अराजक भएर आगजनीमा समेत उत्रिए पछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया