काठमाडौं । खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले आफूले पाएको सेवा सुविधाबाट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोलागि सहयोग उपलब्ध गराएका छन। अध्यक्ष राईले आफ्नो जन्मदिनको अवसरमा माध्यमिक तहमा अध्यानरत विपन्न वर्गका विद्यार्थीहरुको कोचिङ कक्षाको शुल्क बापत २४ हजार रुपैंया प्रदान गरेका छन्।
अहिले सस्तो लोकप्रियताको लागि टेबलभरी केक काटेर, जाड रक्सीको पार्टी गर्दै टिक टक तथा सामाजिक संजालमा प्रचार गर्ने विकृति मौलाउदै गर्दा राईले भने साकेला गाउँपालिका भित्रका पाँच वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु मार्फत एसईई तयारी गरिरहेको विपन्न वर्गका विद्यार्थीहरुको सहयोगको निम्ति छात्रवृत्ति स्वरुप उक्त रकम प्रदान गरेका हुन । सम्बन्धित विद्यालयहरुले दिएको विपन्न वर्गको विद्यार्थीहरुको तथ्याङ्कको आधारमा सो रकम प्रदान गरिएको अध्यक्ष राईले बताउनुभयो ।
यसैबीच, अध्यक्ष राईले आज परेको जन्मदिनकै अवसरमा इलाका प्रहरी कार्यालय मात्तिमबिर्तामा निर्माण भईरहेको दुर्गा मन्दिरलाई एक महिना बराबरको सेवा-सुविधा उपलब्ध गराउने घोषणा पनि गरेका छन । बजेटको सुनिश्चतता नभएर निर्माण कार्य अवरुद्ध बनेको उक्त मन्दिर निर्माणको लागि आफूले प्राप्त गरेको एक महिना बराबरको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।
गत वर्षको जन्मदिनमा समेत अध्यक्ष राईले आफूले पाएको सेवा सुविधाबाट पालिका भित्रका बालविकास केन्द्रमा अध्ययनरत २२० भन्दा बढी बालबालिकाहरुलाई एक एक थान एलईडी राईटिङ ट्याब्लेट उपलब्ध गराई आफ्नो जन्मदिन मनाएका थिए ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया