काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
बिहीबार अध्यक्ष लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।
पार्टीको विधान बमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
‘संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तोकिएको छ’ विज्ञप्तिमा भनिएको छ।
पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने तोकिएको विज्ञप्तिमा जनाइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया