logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • रास्वपा खोटाङको अध्यक्षमा पुनः मुकुन्दकृष्ण थापा निर्वाचित

    730Shares
    रास्वपा खोटाङको अध्यक्षमा पुनः मुकुन्दकृष्ण थापा निर्वाचित

    खोटाङ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला अधिवेशनबाट मुकुन्दकृष्ण थापा पुनः जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनले ओजनबाबु आचार्यलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

    अधिवेशनका क्रममा खसेको मतभन्दा बढी मतपत्र भेटिएको भन्दै केही समय विवाद उत्पन्न भएको थियो। मतगणनाको प्रक्रियामाथि प्रश्न उठेपछि अधिवेशनस्थलमा छलफल र विवादसमेत भएको थियो। यद्यपि निर्वाचन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै अन्ततः थापा अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो।

    थापा यसअघि पनि रास्वपा खोटाङको जिल्ला अध्यक्ष रहिसकेका छन्। उनले अघिल्लो अधिवेशनमा डा. राजकुमार राईलाई पराजित गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। यसपटकको जितसँगै उनले दोस्रो कार्यकालका लागि नेतृत्वको निरन्तरता पाएका छन्।

    नवनिर्वाचित अध्यक्ष थापाले पार्टीलाई जिल्लाभर थप सशक्त, संगठित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन गरिएको जनाइएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट