logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • १० वटा कम्युनिस्ट पार्टीको एकता सम्मेलनमा झलनाथ खनाल पनि उपस्थित

    1.2KShares
    १० वटा कम्युनिस्ट पार्टीको एकता सम्मेलनमा झलनाथ खनाल पनि उपस्थित

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।
    त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादी, सुवासराज काफ्ले नेतृत्वको समाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायत कम्युनिस्ट घटकहरूले एकता गरेका हुन् ।

    सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति गठन गर्ने तथा निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय भएका छन् । यस अघि एकताप्रति असन्तुष्टि व्यक्त गर्दै आएका खनालले गएराती मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँगै अलग्गै दल बनाउने बताएका खनाल अन्तत: एकता प्रक्रियामा सामेल भएका छन् ।

    विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट