logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • इलाम क्षेत्र नम्बर २ काे मतगणना जारी, कांग्रेसका खड्का अगाडि

    1.1KShares
    इलाम क्षेत्र नम्बर २ काे मतगणना जारी, कांग्रेसका खड्का अगाडि

    इलाम । प्रारम्भिक मतपरिणामअनुसार इलाम २को प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्।

    उनलाई नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन्।

    इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो। इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो।

    शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

     



    फास्ट न्युज    
  • २०८१ बैशाख १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट