काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०८२ मा पार्टीको १५औँ महाधिवेशन तत्कालै नगर्ने योजना चुहाएका छन् ।आफूलाई सभापति बन्न सघाउने ११ नेताहरूसँग शुक्रबार छलफल गर्दै देउवाले आफू प्रधानमन्त्री नहुँदासम्म महाधिवेशन नगराउने योजना सुनाएका हुन् ।पार्टी प्रवक्ता डा.प्रकाशशरण महतको समन्वयमा देउवा नजिकका नेताहरू बूढानिलकन्ठ पुगेका थिए ।
राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला,उपसभापति पूर्णबहादुर खड्का,पूर्वउपसभापतित्रय गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र विजय गच्छदार,सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा. महतसहित नेताहरू बालकृष्ण खाण, एनपी साउद लगायत सहभागी बैठकमा देउवाले यस्तो योजना सुनाएका हुन् ।उनले आफू नेतृत्व हस्तान्तरण गर्दा प्रधानमन्त्री पद पाइसक्नुपर्ने उनको सर्त छ । त्यसो नगरे आफू प्रधानमन्त्री नहुने र सात बुँदे सहमति धरापमा पर्दा कांग्रेसलाई सरकारको नेतृत्व पनि प्राप्त नहुने उनको बुझाइ थियो ।
उनको कुरामा प्राय:को सहमति भएको बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया