logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • कोशी ब्यारेज पुलबाट खसेको बसबाट २० जनाको उद्धार

    910Shares
    कोशी ब्यारेज पुलबाट खसेको बसबाट २० जनाको उद्धार

    काठमाडौं । कोशी ब्यारेज पुलबाट खसेको यात्रुबाहक बसबाट २० जनाको उद्धार गरिएको छ ।

    सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर विराटनगरबाट सप्तरी जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हो ।

    अहिलेसम्म चालक र सहचालकसहित २० जनाको उद्धार गरिएको प्रहरीले जनाएरको छ । बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ ।

    अहिले उद्धार कार्य जारी छ । बस अनियन्त्रित भई पुलबाट तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट