logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • सहकारी छानबिन समितिको प्रतिवेदन सबै सांसदहरूलाई दिइने

    946Shares
    सहकारी छानबिन समितिको प्रतिवेदन सबै सांसदहरूलाई दिइने

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने भएको छ । सहकारी छानबिन समितिले आज बुझाएको प्रतिवेदन सांसदहरूलाई दिइने सभामुख देवराज घिमिरले जानकारी दिए ।

    छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन बुझाएपछि सभामुख घिमिरेले कार्यान्वयनका निम्ति सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिवेदन सांसदले पाउने कि नपाउने भनि सोधेका थिए । उनले सदनबाट गठन भएको समितिको प्रतिवेदन सदनमा नै नदिइ सरकारलाई पठाउँदा अमिल्दो हुने भन्दै ध्यानाकर्षण गराएका थिए । उनको जवाफ दिँदै सभामुख घिमिरेले आशंकाबाट मुक्त हुन पनि आग्रह गरे ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट