logo

२०८३ श्रावण ३ आईतवार

logo
  • २०८३ श्रावण ३ आईतवार
  • एमाले पोलिटब्युरो बैठकमा आज सदस्यहरूले धारणा राख्ने

    946Shares
    एमाले पोलिटब्युरो बैठकमा आज सदस्यहरूले धारणा राख्ने

    काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने जानकारी दिए । उनले धारणा राख्न प्रत्येक सदस्यहरूलाई तीन मिनेट समय दिइने बताए ।

    बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र राजनीतिक परिस्थितिका बारेमा सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै एमालेले पनि चुनावमा कसैसँग गठबन्धन नगर्ने बताएका थिए ।

    यस्तै, महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा सदस्यतादेखि सङ्गठन विस्तारको खाका प्रस्तुत गरिएको छ। एमालेले सङ्गठित सदस्यको सङ्ख्या १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत सङ्गठित सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट