logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै

    898Shares
    आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै

    काठमाडौं । आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

    यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन मानेर एक प्रस्ताव पारित गरेर सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको हो ।

    त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ लाई दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाउन प्रारम्भ भएको हो । सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो । – तस्बिरःसंयुक्त राष्ट्रसङ्घ



    फास्ट न्युज    
  • २०८२ चैत्र ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट