logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • साताकाे अन्तिम दिन बढ्यो सेयरबजार, ४ अर्ब १७ करोड रुपैयाँको कुल कारोबार

    847Shares
    साताकाे अन्तिम दिन बढ्यो सेयरबजार, ४ अर्ब १७ करोड रुपैयाँको कुल कारोबार

    काठमाडाैं । सेयरबजार ६.०३ अंकले बढेर बन्द भएको छ। यो साताको अन्तिम कारोबार दिन आज नेप्से २६५४.९३ विन्दुमा पुगेको हो। यस दिन बजारमा लगानीकर्ताले ४ अर्ब १७ करोड रुपैयाँको कुल कारोबार गरे। उनीहरुले १ करोड कित्ता किनबेचमा यो परिमाणमा कारोबार गरेका हुन्।

    यस दिन १३७ वटा सेयरको मूल्य बढेको छ। जसमा सबैभन्दा बढी सालपा विकास बैंक ९.९९ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको ९.२६ प्रतिशतले मूल्य बढेको छ। यी दुईका लगानीकर्ताले आज क्रमशः ५३.१० र ४८.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरे।

    त्यसैगरी हिमस्टार ऊर्जा कम्पनी, झापा इनर्जी र मौलुङ हाइड्रोपावरको क्रमशः ६, ३.९३ र ३.७३ प्रतिशतले सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेृन्जले जनाएको छ।

    बिहीबारको कारोबारमा ११८ वटा सेयरको मूल्य भने घटेको छ। नेप्सेका अनुसार सबैभन्दा बढी नबिल डिबेच्न ३.६० र श्रीनगर एग्रिटेक ३.५७ प्रतिशतले घटेका हुन्। यीबाहेक अन्य सेयरहरु ३.२९ प्रतिशतसम्मले घटेका छन्।
    यस दिन ७ वटा सेयर भने अघिल्लो कारोबार मूल्यमै खरिदबिक्री भए।

    आज अपि पावर कम्पनीको सबैभन्दा बढी ३२ करोड ६८ लाखको कारोबार भएको छ। यसबाहेक आखुखोला जलविद्युत् कम्पनीको २१ करोड, एसवाई प्यानलको १५ करोड, ङादी ग्रुप पावरको १४ करोड र रिडी पावर कम्पनीको १३ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

    आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढेका छन्।

     



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट