काठमाडौं । नेकपा(एमाले)का दुई नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ का पूर्वसांसदसमेत रहेका काठमाडौंका एमाले नेता रामवीर मानन्धर आज कांग्रेसमा प्रवेश गरेका छन् । रामवीर मानन्धर २०७४ मा एमालेबाट सांसद निर्वाचित भएका थिए ।
२०४९ सालमा वडा नम्बर १६ का वडाध्यक्ष रहिसकेका मानन्धर २०७४ पछि केही समय केपी शर्मा ओली सरकारमा सहरी बिकास राज्यमन्त्रीसमेत भएका थिए ।
यसैबीच, पूर्वसांसद तथा रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनले गएको फागुनमै एमाले छाडेका थिए । जिल्लाको अध्यक्ष रहेका ढकाललाई माओवादी, नयाँशक्ति, कांग्रेस हुँदै एमाले प्रवेश गरेका प्रेम तामाङले असहयोग गरेपछि एमालेमा बस्न नसकी छाडेको घोषणा गरेका थिए ।
यसैगरी आजै कांग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी पनि छन् । उनी ३ पटक काठमाडौं ३ का वडाध्यक्ष भएका थिए । काठमाडौं–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा पनि आजै कांग्रेस प्रवेश गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया