logo

२०८२ फाल्गुन ३ आईतवार

logo
  • २०८२ फाल्गुन ३ आईतवार
  • अबको १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने नेपाल उद्योग परिसंघको महत्वाकांक्षी लक्ष्य

    739Shares
    अबको १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने नेपाल उद्योग परिसंघको महत्वाकांक्षी लक्ष्य

    काठमाण्डौ – औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा देशको अर्थतन्त्र १०० अर्ब डलरको बनाउने नेपाल उद्योग परिसंघ (सीएनआई) ले महत्वाकांक्षी लक्ष्य लिएको छ ।परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको अर्थतन्त्रलाई अबको एक दशकभित्र १०० अर्ब डलरको आकारमा पुर्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभएको हो । अहिले झन्डै ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन, निर्यात प्रवर्द्धन र कानूनी अड्चनको अन्त्य अनिवार्य शर्त रहेको उहाँले बताउनुभयो ।

    परिसंघले गरेको स्वदेशी नेपालः मिट एण्ड ग्रेट–२०२६ कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यस विषयमा विस्तृत अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । अर्थतन्त्रको विकासका बाधक बनिरहेका कानूनहरु संशोधन गर्ने गृहकार्य सुस्त रहेको उहाँको गुनासो छ ।

    परिसंघले कुन कानून खारेज गर्ने र कुन संशोधन गर्ने भन्ने विषयमा स्पष्ट दफासहितको सुझाव सरकारलाई बुझाइसकेको पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँले नेपाल उद्योग परिसंघ र संयुक्त राष्ट्र संघ पुँजी विकास कोष बीचको सहकार्यमार्फत ‘एगोरा’ प्लेटफर्ममा आवद्ध भएको जानकारी गराउँदै यसले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    त्यसैगरी स्वदेशी उद्योगको संरक्षणका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्कको प्रयोग र प्रवद्र्धनमा जोड दिइएको छ । सरकार, सार्वजनिक संस्था, नेपाली सेना तथा नेपाल प्रहरी जस्ता निकायले स्वदेशी वस्तु र सेवाको प्रयोगलाई अनिवार्य गरेमा औद्योगिक उत्पादनमा ठूलो टेवा पुग्ने उहाँको विश्वास छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट