logo

२०८२ फाल्गुन ३ आईतवार

logo
  • २०८२ फाल्गुन ३ आईतवार
  • दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या

    781Shares
    दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या

    दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ । महाकाली नगरपालिकास्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको बुधबार हत्या गरिएको हो ।

    महाकाली नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्तीको शव स्थानीय एउटा होटल पछाडि भेटिएको हो । उनलाई चक्कु प्रहार गरि हत्या गरिएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रण मा लिइएको जानकारी दिएका छन्।

    अहिले घर्तीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ माघ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट