काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनकालागि मनोनयनको समय पछि नसर्ने जनाएको छ । कांग्रेस विवाद र अन्य पार्टीको तयारी अपूर्ण भएको हुँदा मनोनयनको समय पछि धकेलिन सक्ने बताइएको थियो । तर, आयोगले पूर्व निर्धारित समयमै मनोनयन गर्ने जनाएको छ।
‘आयोगमा मनोनयनको समय पछि सार्ने विषयमा कुनै छलफल भएको छैन,’ सूचना अधिकारी सुमन घिमिरेले भने, ‘६ गते नै उम्मेदवारी दर्ता हुन्छ, पछि सर्दैन ।’हिजै आयोगले विज्ञप्ति जारी गर्दै फागुन २१ लाई तय भएको निर्वाचनको मनोनयन दर्ता माघ ६ सम्ममात्र रहेको स्मरण गराएको थियो ।
आयोगले जारी गरेको विज्ञप्तिमा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको उल्लेख गर्दै मनोनयन दर्ता गर्ने उम्मेदवारले बुझाउनुपर्ने कागजपत्रको फेहरिस्त पनि उल्लेख गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया