logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • वर्तमान सरकार भंग गर्न राष्ट्रपतिलाई विप्लवको १० दिने अल्टिमेटम

    907Shares
    वर्तमान सरकार भंग गर्न राष्ट्रपतिलाई विप्लवको १० दिने अल्टिमेटम

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । मंगलबार शीतल निवास पुगेर महासचिव विप्लव सीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

    जेन-जी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै विप्लवको पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । गणतन्त्रपछिका १८ वर्षमा मौलाएको भ्रष्टाचार, दलीयकरण र बेरोजगारीका कारण जनता सडकमा उत्रिएको दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र संविधानको पुनर्लेखन हुनुपर्ने पनि अडान राखिएको छ ।

    भदौ २३-२४ को गोलीकाण्ड र विध्वंसका दोषीलाई कडा कारबाही गरिनुपर्ने, भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने उनीहरूको सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको सजाय हुनुपर्ने, कालोधन नियन्त्रणका लागि ५ सय र १ हजारका नोट खारेज गर्नुपर्नेलगायतका माग विप्लवको छ । १० दिनभित्र माग सम्बोधन नगरे सडक संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट