काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद् थप चार सदस्यसहित विस्तार गरिएको छ। शुक्रबार ९९ मंसिर २६०० राष्ट्रपति रामचन्द्र पौडेलले नवीन मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङनाम छन्। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयस चौलागाईंले वन तथा वातावरण मन्त्रालयस भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस र इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्व सम्हाल्नेछन्।
राष्ट्रपति भवन शीतलनिवासमा सम्पन्न शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
प्रधानमन्त्रीको सिफारिसपछि राष्ट्रपतिद्वारा यो नियुक्ति गरिएको हो। ‘जेनजी’ आन्दोलनको प्रभावमा रहेको वर्तमान सरकार यसरी थप विस्तारित भएको छ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया