logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

    919Shares
    एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

    काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

    बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

    आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।

    सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

    यसअघि सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जसपा नेपाल र लोसपासँग छलफल गर्ने निर्णय गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट