logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • इलाम २ मा ५८३० मतान्तरले सुहाङको जित,घण्टी चिन्हको जमानत जफत

    इलाम २ मा ५८३० मतान्तरले सुहाङको जित,घण्टी चिन्हको जमानत जफत

    819
    SHARES
    इलाम २ मा ५८३० मतान्तरले सुहाङको जित,घण्टी चिन्हको जमानत जफत

    विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।



    सुहाङले २७ हजार ७७२ भोट प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । आज बिहान ११ बजे मतगणस्थलमा सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको कान्छा छोरासमेत रहेका सुहाङले शानदार मतका साथ विजयी हुँदै बुवाको विरासत कायम राखेका छन् । यहाँ २०५६ देखि सुवासले निरन्तर चुनाव जित्दै आएका थिए ।

    पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याएर तेस्रो हुँदा चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरे । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ विजयी बनेका हुन् । जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए ।

    प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

     


    फास्ट न्युज
  • मंगलबार, १८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट