logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • कस्तो रहला आजको मौसम :दिउँसो दुई प्रदेशमा भारी वर्षा हुने

    1.2KShares
    कस्तो रहला आजको मौसम :दिउँसो दुई प्रदेशमा भारी वर्षा हुने

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ ।सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।

    कास्की, म्याग्दी, मुस्ताङ, लमजुङ, सिन्धुपाल्चोक, दोलखा, झापा, पाँचथर, धनकुटा, सिरहा, उदयपुर, सर्लाहीका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ। सोमबार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

    आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले  अद्यावधिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा पछिल्लो एक घन्टायता १०.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिन्धुपाल्चोकको तार्के घ्याङमा ९ मिलिमिटर वर्षा भएको छ। मोरङको लेटाङमा ६.६ मिलिमिटर, ताप्लेजुङमा ६.४ मिलिमिटर, धनकुटाको मुलघाटमा ४.२ मिलिमिटर वर्षा भएको छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट