logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छः गगन थापा

    1.2KShares
    राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छः गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा उहाँले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिनुभयो ।

    “विसं २०८४ मा मेरो पालो आउँलारनआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ,” उहाँले भन्नुभयो, “डर र लोभबाट टाढा रहनुपर्छ । बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन । महत्वाकाङ्क्षी धेरै राख्नु हुँदैन ।”

    नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष मनोजमणि अधिकारीले लोकतन्त्र र साहित्यबीच गहिरो सम्बन्ध रहेको बताउँदै यस कृतिले साहित्यप्रेमीलाई नयाँ दृष्टिकोण दिने अपेक्षा व्यक्त गर्नुभयो ।

    कवि शाहीले आफ्नो मुक्तक सङ्ग्रहमा जीवनका विविध आयाम, सङ्घर्ष र अनुभूतिलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । कार्यक्रममा साहित्य, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट