logo

२०८२ चैत्र १२ बिहीबार

logo
  • २०८२ चैत्र १२ बिहीबार
  • दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर भट्टराईले काठमाडौंमा सुरु गरे सत्याग्रह

    1.4KShares
    दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर भट्टराईले काठमाडौंमा सुरु गरे सत्याग्रह

    काठमाडाैं । खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडाैंमा सत्याग्रह सुरु गरेका छन् ।  पहिलो दिन आइतबार सिंहदरबारको दक्षिण गेटमा सत्याग्रह बस्न सुरु गरेपछि प्रहरीले नियन्त्रणमा लिएर उनलाइ माइतीघरमा छाडिदिएको छ । उनी निषेधित क्षेत्रमा सत्याग्रह बस्न खोजेपछि प्रहरीले  नियन्त्रणमा लिएर माइतीघर छाेडेकाे छ । अहिले उनी माइतीघरमा नै सत्याग्रह बसिरहेका छन् ।

    स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेको भन्दै मेयर भट्टराईले सत्याग्रह सुरु गरेका हुन् । भट्टराई शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित तीन दिनसम्म सत्याग्रहमा बस्ने भएका हुन्।

    यस्ता छन् मेयर भट्टराईका मागहरू :

    -जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउँदै प्रदूषण धेरै गर्ने अरू देशसँग क्षतिपूर्ति लिने ।

    – बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिने ।

    – प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उ‌द्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनु पर्ने ।

    -जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर, उ‌द्योग लगायतलाई कडाइकासाथ रोकी कडा कानून बनाई कारबाही गरिनु पर्ने ।

    -पहिलो चरणमा वन र उ‌द्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बोस, काठ, राडी पाठी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गरियोस् ।

    – विशेषतः काठमाडौबाट खोटाङ जाँदा बाटोमा परेका पुल, सडक र संरचना अलपत्र पार्नेलाई कडा कानुनी कारबाही गरि तत्काल निर्माणको काम सुरु गरियोस् ।

    -पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइसराइको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गरियोस् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार