logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

    1.1KShares
    मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन् ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

    घुस प्रकरणमा अडियो सार्बजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएका थिए ।

    मन्त्री गुप्तामाथि गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको प्रमाणसहितको उजुरी अख्तियारमा परेको छ । त्यस्तै उनले भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ डिल गरेको अडियो समेत सार्बजनिक भएपछि मन्त्री गुप्ताको पद संकटमा परेको हो ।



    फास्ट न्युज    
  • २०८२ असार ३०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट