logo

२०८३ आश्विन १८ आईतवार

logo
  • २०८३ आश्विन १८ आईतवार
  • एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा

    1.2KShares
    एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा

    सुनसरी। तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण लिएर खानेपानी आयोजनाको काम अगाडि नबढाउने भएको छ । बिहीबार उपमहानगरपालिकाका मेयर हर्कराज राईले एसियाली विकास बैंक ९एडीबी० बाट ऋण लिएर धरानमा खानेपानी योजनाको काम आगाडि नबढाउन जानकारी दिँदै खानेपानी मन्त्रालय र मन्त्रीलाई पत्र लेखेका छन् । मेयर राई धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत हुन् ।

    उनले कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको जनाउँदै आर्थिक वर्ष २०८२(८३ मा सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको जनाएका छन् ।

    पत्रमा लेखेका छन्, ‘तर बाँकी पैसा सबै एडीवीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकाले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित हुँदैन ।’

    मन्त्रालयलाई लेखेको पत्रमा उनले अगाडि भनेका छन्, ‘धरान उपमहानगरपालिकाले पहिले लिएको एडीवीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफै खोला खोल्सीको पानी जोडेर गुजारा गरौँला भनी जानकारी गराउँदछु ।’



    फास्ट न्युज    
  • २०८२ असार २०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट