logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • सगरमाथा संवाद आज समापन हुँदै

    1.4KShares
    सगरमाथा संवाद आज समापन हुँदै

    काठमाण्डौ |  काठमाण्डौमा अस्ति शुक्रवारदेखि शुरु भएको सगरमाथा संवाद आज समापन हुँदैछ । जलवायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले काठमाण्डौमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो ।जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाण्डौ घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ ।

    सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्नुपर्ने आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, हिमाली समुदायको नेतृत्वमा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी पहललगायत विषयमा सम्वादमा छलफल भएको छ ।

    सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ । नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट