काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६: ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया