काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान १० बजेका लागि मन्तरिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजको आजै सपथको कार्यक्रम समेत छ । उसोतः प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए। गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया