logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • जसपा नेत्री बबीसिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएकाे पेस्ताेल बरामद

    874Shares
    जसपा नेत्री बबीसिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएकाे पेस्ताेल बरामद

    काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) की नेत्री बबीसिंह यादवले वैवाहिक कार्यक्रममा पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ । विवाह समारोह भएको घरबाट पेस्तोल बरामद गरेको र सक्कली हो कि होइन भन्ने जाँचका लागि विज्ञान प्रयोगशाला पठाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    प्रहरीको साेधपुछका क्रममा नेत्री यादवले सर्लाहीमा आफ्नी मामाकी छोरीको बिहेमा खलौनावाला तर बारुद हालेर पड्काउने बन्दुक पड्काएको बताउनुभएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार यही वैशाख ११ गते बबी यादवको मामाघरको बिहे सन्दर्भमा हल्दी मेहेन्दीको कार्यक्रममा पेस्तोल पड्काएको पाइएको छ । यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    मधेशमा विवाहको बेला बाजा, पटाका, आतसबाजीहरू गर्ने चलन छ । तर सक्कली बन्दुकसहित पटाकावाला खेलौना बन्दुक पनि सार्वजनिक ठाउँमा पड्काउन प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार