logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • शिक्षकको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ: गगन थापा

    970Shares
    शिक्षकको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गर्न पनि माग गरेका छन्।

    ‘विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो’ थापाले लेखेका छन्, ‘शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौँ।’

    आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा एकजना पत्रकारसहित ६२ शिक्षक घाइते भएका छन्। शिक्षकहरू विगतको सहमति कार्यन्वयन र विद्यालय शिक्षा ऐन पाति गर्न माग गर्दै चैत २० देखि राजधानी केन्द्रित आन्दोलनमा छन्।



    फास्ट न्युज    
  • २०८२ बैशाख १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट