logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • राजतन्त्र जोगाउन नसकेको भन्दै तत्कालीन दुई प्रधानसेनापतिको आलोचना गरे मिश्रले

    907Shares
    राजतन्त्र जोगाउन नसकेको भन्दै तत्कालीन दुई प्रधानसेनापतिको आलोचना गरे मिश्रले

    काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजतन्त्र जोगाउन नसकेको भन्दै तत्कालीन दुई प्रधानसेनापतिको आलोचना गरेका छन् । सेना र प्रहरीले अब विगतको गल्ति सच्याउँदै राजतन्त्र पुनर्सथापनमा भूमिका खेल्नुपर्ने उनले बताए ।

    पोखरामा आयोजित राप्रपाको जनसभामा बोल्दै मिश्रले पहिलोपटक तत्कालीन सेनापतिहरुमाथि प्रश्न उठाएका हुन् । उनले नाम भने लिएनन् । दोस्रो जनआन्दोलनका बेलामा प्यारजंग थापा र रुक्मांगद कटवाल प्रधानसेनापति थिए ।

    जनआन्दोलनका बेला प्यारजंगले संयुक्त सुरक्षा कमाण्डको नेतृत्वसमेत गरेका थिए । थापाले अवकास पाएपछि कटुवाल प्रधानसेनापति भएका हुन् । दुवै सेनापतिले हिम्मत गरेको भए तत्कालीन सात दललाई तर्साएर राजसंस्था जोगाउनसक्ने आशयमा मिश्रको अभिव्यक्ति आएको हो ।मिश्रले सेना र प्रहरीलाई समेत देशको दिर्घकालीन हितलाई हेरेर राजसंस्था पुनर्स्थापनको पक्षमा उभिनका लागि अपिल गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट