logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • प्रहरीका एक सई मृत भेटिए

    898Shares
    प्रहरीका एक सई मृत भेटिए

    काठमाडौं ।झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् ।

    झापा भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    ‘शव आज बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ’, चौहानले भने, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’ प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताए। घटनाको थप अनुसन्धान अघि बढाएको छ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट