logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिनबिच शिष्टाचार भेटवार्ता

    925Shares
    प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिनबिच शिष्टाचार भेटवार्ता

    बेइजिङ, १८ मङ्सिरः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

    प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत हुनुहुन्थ्यो ।प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न यहाँ आइपुग्नुभएको हो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट