logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • आगामी उपनिर्वाचनमा रास्वपाको उम्मेदवार कहाँ कहाँ को को ?

    889Shares
    आगामी उपनिर्वाचनमा रास्वपाको उम्मेदवार कहाँ कहाँ को को ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपनिर्वाचन हुने केही स्थानका उमेदवार टुंग्याएको छ ।
    स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ । त्यसका लागि मंसिर २ गते उमेदवारी दर्ताको कार्यक्रम छ ।

    दैलेखको महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई उमेदवार बनाउने निर्णय भएको छ । कालिकोटको नलगाड नगरपालिकाको उपाध्यक्ष पदमा पार्वती पुन र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा गोमा श्रेष्ठ उमेदवार चयन भएकी छन् । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा सुजता फडेरा ९थापा०लाई उमेदवार बनाउने निर्णय गरेको छ । काठमाडौं महानगरपलिकाका–१६ को वडा अध्यक्षमा रोजीना श्रेष्ठ उमेदवारका लागि चयन भएकी छन् ।
    स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी दिएका छन् ।

    उपनिर्वाचन हुने ४२ पदमध्ये केही स्थानको उमेदवार चयन प्रकृयामा नै रहेको रास्वपाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट