logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • रवि लामिछाने रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

    898Shares
    रवि लामिछाने रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेलगतै कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

    विरोधमा कार्यकर्ताहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन’ भनेर लेखिएको प्लेकार्डसमेत बोकेका थिए ।

    लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । लामिछानेलाई अदालतले अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुनेगरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट