उनले भने-‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनताको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिनुभएको छ ।
उनले भने, ‘ पूर्वप्रधानमन्त्रीले हिजो बोल्दैगर्दा नेपाल बंगलादेश होला, श्रीलंका होलासम्म भन्न भ्याउनुभयो । धर्मपाठमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होइन होला । प्रतिपक्षमा बस्दै गर्दा सरकारको मात्रै अपोजिसन हो । सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ । गरिरहेको छ, नभए हामी छौं । विपक्षी दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ । एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि । आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ ,आफैंलाई जलाउन सक्छ । बाल्न सजिलो छ, निभाउन गाह्रो छ । उत्तेजनको राजनीति बढो सहज हुन्छ । चेतनाको राजनीति एकदमै गार्हो हुन्छ ।’
त्यस्तै महामन्त्री थापाल सहकारी ठगी प्रकरणमा आफुहरुकै कारण छानविन समिति गठन भएको र प्रमाण पनि दिएको बताउनुभयो । जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने दावी गरेका रवि लामिछानले छानविन समितिमा ९ घण्टासम्म बयान दिनुपरेको उहाले टिप्पणी गर्नुभयो । छानविन समितिप्रति आफुहरुको पूर्ण विश्वास रहेको भन्दै थापाले तथ्य र प्रमाणको आधारमा फैसला आउने दिन कुरेर बसेको जिकिर गर्नुभयो ।
उनले भने-‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd