logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • प्रधानमन्त्रीसंग भेट्न समय नपाएकाे बामदेव गौतमको गुनासो

    883Shares
    प्रधानमन्त्रीसंग भेट्न समय नपाएकाे बामदेव गौतमको गुनासो

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूले प्रधानमन्त्री केपी ओलीसँग भेटेर समस्या राख्न खोज्दा समय नपाएको गुनासो गरेका छन् । आइतबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले देशमा घटिरहेको घटनाका बारेमा प्रधानमन्त्रीसँग भेट्न खोजेपनि समय नपाएको कारण राष्ट्रियसभालाई गुहार्न बाध्य भएको बताए ।

    उनले भने, ‘देशको प्रमुख व्यक्तिसँग भेटेर कुरा गर्दा पनि हुने विषय हो हुन त । तर मैले समय पाउँदिन सरकारका माथिल्लो तहका प्रधानमन्त्रीसँग भेट गर्न त्यसैले मैले आज राष्ट्रिय सभालाई गुहारेको छु ।’

    उहाले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिनुभयो । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसंग छलफल सुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

    उनले भने, ‘नेपालमा जतिपनि घट्ना घटेका छन् हाम्रो प्राकृतिक अवस्था, भौगोलिक अवस्थाले हो । यही देशमा यति धेरै घट्ना घट्छन् संसारमा कुनै देशमा हुँदैन् । प्राकृतिक घट्नाहरु घट्नुभन्दा पहिले नै गर्नुपर्ने कामहरुका निम्ती नेपालका राजनीतिक पार्टी, प्रधानमन्त्री कसैको पनि ध्यान गएन ।’



    फास्ट न्युज    
  • २०८१ भाद्र २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट