logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • संसदीय समितिद्वारा वैद्यखाना विकास समितिको अनुगमन

    901Shares
    संसदीय समितिद्वारा वैद्यखाना विकास समितिको अनुगमन

    काठमाडौँ, १६ साउनः राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज ‘सिंहदरबार वैद्यखाना विकास समिति’ को स्थलगत अनुगमन गरेको छ । समितिका सभापति मायाप्रसाद शर्मा एवं सदस्यहरु गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, गोपालकुमार बस्नेत, नरबहादुर विष्ट, पदमबहादुर परियार, बलदेव बोहरा, मदनकुमारी शाह ९गरिमा०, युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसीसहितको प्रतिनिधिमण्डलले स्थलगत अनुगमन गरेको हो ।

    सो अवसरमा समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले समितिलाई प्राप्त बजेट अपुग भएकाले बजेट वृद्धिका पक्षमा आवश्यक पहल गरिदिन संसदीय प्रतिनिधिमण्डलसँग अनुरोध गर्नुभयो । मौजुदा जनशक्तिको अभावले अपेक्षा गरेअनुसार कामकाज गर्न नसकेको उल्लेख गर्दै उहाँले समितिमा थप दरबन्दी व्यवस्थाका लागिसमेत अनुरोध गर्नुभयो ।

    समितिका सभापति शर्माले वैद्यखाना विकास समितिको अनुगमनका क्रममा धेरै विषयवस्तु जानकारी प्राप्त भएको बताउँदै थप छलफल तथा अध्ययन गरी समस्या र समाधानको उपायसहितको सुझाव प्रतिवेदन सङ्घीय संसद् र नेपाल सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट