काठमाडौं । जे–जी युवाहरू र राजनीतिक दल–सम्बद्ध कार्यकर्ताबीच झडप भएपछि सिमरा क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।
बारा प्रशासनले सुरक्षाजन्य जोखिम बढेकाले दिउँसो १२स्३० बजेदेखि बेलुका ८स्०० बजे सम्म आवतजावत, भेला, जुलुस, प्रदर्शन र सभा पूर्ण रूपमा निषेध गरेको छ।
सिमरा विमानस्थल आसपास ५०० मिटर परिधिमा कडा निगरानी गरिएको छ । अत्यावश्यक सेवा बाहेक सबै गतिविधि रोक्कागरिएको स्थानीय प्रशासनले जनाएको छ । सुरक्षालाई प्राथमिकता दिँदै प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेश पालना गर्न अनुरोध गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया